काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा हरियाली छाएको छ । ५ दिनको निरन्तर गिरावटपछि आज शेयर बजारमा सकरात्मक माहोल देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । नेप्से १.६१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा झरेको छ ।
अन्तिम सयमसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै अन्य समूह बढेको छ ।
बुधबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया