काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार हरियाली छाएको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४०.६८ अंकले बढेर २५६८.२५ को बिन्दुमा पुगेको हो ।
कारोबारको अन्तिम समयसम्म २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ शेयर कारोबार भएको छ ।
सो रकम बराबरको सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो । कम्पनीले एकैदिनमा ११ करोड २७ लाख बढीको शेयर कारोबार गरेको छ । दोस्रो स्थानमा सबैभन्दा बढी कारोबार गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी प्रमोटर रहेको छ । कम्पनीले १० करोड ९२ लाख बढीको कारोबार गरेको छ ।
यस्तै,नबिल बैंकले १० करोड ९ लाख,नेपाल टेलिकमले ६ करोड ८३ लाख र शिवम् सिमेन्टले ६ करोड १९ लाख बढीको शेयर कारोबार गरेका छन् ।
यसैगरी, अन्य कुनले कतिको कारोबार गरे ?
प्रतिक्रिया