एजेन्सी - भारतमा पहिलोपटक कारागारमा रहेका कैदीबन्दीलाई व्यक्तिगत ऋण दिने निर्णय भएको छ ।
भारतको महाराष्ट्र सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई ५० हजार रुपैयाँसम्मको व्यक्तिगत ऋण दिने निर्णय गरेको हो ।
कैदीहरुलाई ऋण दिन यो देशमै पहिलो भएको अधिकारीहरुको दाबी छ । कारागारमा गरेको कामको बदलामा कैदीबन्दीहरुलाई यो ऋण दिइनेछ ।
राज्यका गृहमन्त्री दिलीप वाल्से पाटिलले ऋणका लागि महाराष्ट्र राज्य सहकारी बैंकले ७ प्रतिशत ब्याज लिने बताए। यो निर्णय हाल पुणेको येरवडा सेन्ट्रल जेलमा पाइलट प्रोजेक्टका रुपमा लागू भइरहेको छ ।
यो योजनासम्बन्धी आदेश मंगलबार जारी गरिएको छ । यस ऋणका लागि कैदीहरुलाई कुनै जमानतको आवश्यकता पर्दैन । व्यक्तिगत ऋणपत्रमा वितरण गरिनेछ ।
प्रतिक्रिया