नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २ सय १४.२१ कित्ता शेयर सूचिकृत भएको हो ।

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ६ गते सम्पन्न भएको ८ औँँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया