काठमाडौं, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समयसीमा बढाइएको छ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आउँदो वैशाख २ गतेदेखि लागू हुने गरी आरटीजीएस प्रणाली सञ्चालनको समय सीमा बढाइएको जानकारी गराएको छ। रा
अब यो प्रणाली माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १६ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
प्रत्येक शुक्रबार भने आरटीजीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया