एजेन्सी - जापानी अटोमेकर कम्पनी टोयोटाले फेबु्रअरी महिनामा जापान बाहिरका देशहरुमा उल्लेखनीय रुपमा कार बिक्री गर्न सफल भएको छ ।
टोयोटाले फेब्रुअरी महिनामा मात्रै ५ लाख ३१ हजार १ सय ८३ सवारी साधनहरुको उत्पादन गरेको छ । यस्तै जनवरीको तुलनामा फेब्रुअरी महिनामा १६ प्रतिशतले कारहरुको बिक्री बढाएको छ ।
गत वर्षको तुलनामा फेब्रुअरी महिनाको बिक्रीदर ५.२ प्रतिशतले बढेको हो । टोयोटाले फेबु्रअरी महिनामा करिब ६ लाख २० हजार ३ सय ६० कारहरुको जापान बाहिर बिक्री गरेको छ ।
विश्वव्यापी रुपमा फेबु्रअरी महिनामा टोयोटाले ८ लाख ८४ हजार ५ सय २८ कारहरुको उत्पादन गरेको छ भने ७ लाख ७४ हजार ८ सय ६० बिक्री गरेको छ ।
प्रतिक्रिया