काठमाडौं- प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा आउँदो वैशाख ११ वीरगन्जको दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँबराबरको नगद लाभांश छन्।
लाभांश र सभा प्रयोजनका लागि कम्पनी यही चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया