काठमाडौं - नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले अनलाईन पोर्टल बाहेकका माध्यमबाट सम्पत्ति शुद्धिकरण सम्बन्धित तथ्यांकहरु स्वीकार नगर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक सूचना जारी गर्दै इमेल, सिडि वा पत्रमार्फत् शंकास्पद कारोबार प्रतिवेदन तथा सीमा कारोबार विवरण पेश गर्दै आएका सबै संघसंस्थालाई आनिवार्यरुपमा गो एमएल पोर्टलबाट नै विवरण पेश गर्न निर्देशन जारी गरेको हो ।
इकाईले गो एमएलको पोर्टलमा दर्ता गरी म्याजे बोर्डमार्फत उक्त प्रतिवेदनहरु तथा विवरण पठाउन अनुरोध गरेको छ । सूचना अनुसार जेठ १ गतेदेखि सिडि, पत्र वा इमेलमार्फत कुनै पनि प्रतिवेदन स्वीकार गरिनेछैन ।
प्रतिक्रिया