आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
अघिल्लो कारोबार मंगलबार १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा अंक ०.१९ बढेर २५२७.७७ विन्दुमा पुगेको हो ।
आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ । आज ९ स्टकको १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको १ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ३ वटाको शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया