ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्नाका लागि चैत २१ गतेबाट आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि आवेदन खुला हुने भएको छ । 

विगतका वर्षहरुमा जस्तै २०२३ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा यही चैत २१ गतेबाट नयाँ भर्ना खुला हुने भएको हो । 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । गोर्खा भर्तीका लागि न्यूनतम एसएलसी÷एसईई उत्तीर्ण भएको हुनुपर्नेछ । दुवै ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनका लागि अंग्रेजी र गणितमा सी ग्रेडिङ प्रणाली अनिवार्य हुनुपर्नेछ । 

सन् २०२३ जनवरी १ सम्म कम्तीमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ । उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया