काठमाडौं - नेपाल बङ्गलादेश बैंकले दुर्घटना बीमा वापत १ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।
बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको हो ।
स्व. महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिईन् । उनको कात्तिक ६ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
प्रतिक्रिया