आजसम्म कायम सेयरधनिले मात्र सिद्धार्थ इन्स्योरेन्सको साधारण सभामा भाग लिन पाउने, सभा कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - आजसम्म कायम सेयर धनिहरुले मात्रै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको साधारण सभामा भाग लिन पाउने भएका छन् । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १७ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले चैत ३० गते बीसौ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

त्यस्तै प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्नेछ । नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्नेछ ।

प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव साधारण सभामा स्वीकृतिका लागि पेश गर्नेछ । यस प्रस्ताव पास भएसँगै कम्पनीले म्युचुअल फण्ड निष्काशन गर्न सक्ने छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्नेछ । 

नियमावलीको नियम २८ को उप नियम एकमा रहेको सञ्चालकलाई प्रदान गरिने बैठक भत्ता सम्बन्धी व्यवस्थालाई संशोधन गरी बैठक भत्ता बृद्ध गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, तथा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया