काठमाडौं - प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १७ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे गर्ने एक सुचना जारी गर्दै जनाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले ११ प्रतिशत बोनश शेयर र ०.५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश सहित कुल ११.५८ लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया