काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजार ओरालो लागेको छ ।
नेप्से परिसूचक १४.२६ घटेर २५२७.५८ को विन्दुमा कायम भएको छ ।
मंगलबार नेप्से घट्दा कारोबार समेत १ अर्ब ७५ करोड रुपैयाँमा सिमित हुदाँ तीन कम्पनीको शेयरमा सर्किट लागेको छ । आज इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ४.०१ प्रतिशत, समाता घरेलु लघुवित्तको २.३४ प्रतिशत, सिटिजन क्युचुअल फण्डको २.२६ प्रतिशत र यूनियन लाईफ इन्स्योरेन्सको २.०२ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया