काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजार ओरालो लागेको छ ।
नेप्से परिसूचक १४.२६ घटेर २५२७.५८ को विन्दुमा कायम भएको छ ।
आज २२५ कम्पनीको ३८ करोड ९० लाख १३१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया