कतारको एक कम्पनीले माग्यो नेपाली पुरुष कामदार, हवाई टिकट पनि निशुल्क

३ बर्ष अगाडि

काठमाडौं,कतारको एक कम्पनीले पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको SIDHEEQUE CAFTERIA AND JUICE STALL कम्पनीले ६ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३३ हजार देखि ४६ हजार बढी पाउनेछ । इच्छुक कामदारले Chandra Kamana Manpower Pvt.Ltd. काठमाडौंमा चैत्र २१ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया