काठमाडौं, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रोशनकुमार न्यौपानेले गत वर्ष बैकबाट २ करोड ४१ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् । चैत्र १३ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको २४ औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
न्यौपानेले भत्तासहितको वार्षिक तलब १ करोड ८० लाख रुपैयाँ बुझेका छन् भने कर्मचारी बोनस बापत ५९ लाख ६४ हजार ७ सय १४ रुपैयाँ, अन्य सुविधा अन्तर्गत ७९ हजार ५ सय रुपैयाँ र अन्य सुविधाअन्तगर्तत २३ सय ५० रुपैयाँको बीमा र ९० हजारको सवारी कर समेत गरेर कुल २ करोड ४१ लाख ३६ हजार ५ सय ६४ रुपैयाँ प्रदान गरिएको छ ।
गत आवमा बैंकको कुल कर्मचारी खर्च मात्रै ३ अर्ब ३४ करोड ७९ लाख ३७ हजार ५८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया