काठमाडौं,महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मृत्यु दावी भुक्तानी गरेको छ ।
कम्पनीको रुकुम पश्चिम शाखाले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि कम्पनीले उनको परिवजारलाई दाबी वापतको ५ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।
बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकला पुन, युवासँग महालक्ष्मी बीमा जागर राष्ट्रिय अभियानकी केन्द्रीय सदस्य लक्ष्मी केसी, जिल्ला सदस्य नविनप्रसाद शर्माको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया