मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर कारोबारयोग्य बनाई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।

धितोपत्र दोस्रो बजारमा कम्पनीले चैत ११ गते उक्त बोनस शेयर वापतको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीले १४ प्रतिशत बोनससँगै यस वर्ष कर समेत ६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया