एसियन लाइफको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। 

गत माघ २१ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। गत माघ ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार माघ ११ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा  बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको छ। 

कम्पनीलाई रकम बुझाउन बाँकी रहेको शेयरधनीहरुको हकमा उक्त रकम जम्मा गरेपश्चात मात्र बोनस शेयर खाताम जम्मा गर्ने हुने भएकोले यथाशीघ्र उक्त रकम जम्मा गर्न पनि कम्पनीले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया