नेशनल लाईफद्धारा घातक रोग वापत ५० लाख दाबी रकम भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचारको दाबी भुक्तानी गरेको छ । 

पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर राईलाई कम्पनीको पथरी शाखाले निबासमा मै गई घातक रोग दाबी वापतको भुक्तानी प्रदान गरेको हो । बीमित राईले करिब ३ वर्ष अगाडि बीमाङक ५० लाख रुपैयाँको आफ्नो जीवन बीमा गरका थिए । बीमा गरेको करिब २ वर्षपछि मृगौलामा जटिल समस्या प्रमाणित भएपछि उपचारका लागि ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा शाखाका कर्मचारी, अभिकृर्ता, गाउँका समाजसेवी लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया