काठमाडौं, टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ४४ प्रतिशत अर्थात ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनी आईपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा तथा शेयर निष्कासनमा नियुक्त गरेको हो ।
नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले आइतबार हस्ताक्षर गरेका छन् ।
उक्त शेयर आयोजना प्रभावित स्थानीय, सर्वसाधारण, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि निष्कासन हुनेछ । यस हाइड्रोपावरले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी नै रहेको छ ।
कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकास्थित पिखुवा खोलामा टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ ।
प्रतिक्रिया