काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार एक सय ५२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको चैत्र ६ गते(आइतबार)बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते (बुधबार) बिहान ११ बजेदेखि सुरू हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया