काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तको वार्षिक तलब सुविधा बापत ८३ लाख ४०३ रुपैयाँ बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८ मा तलब भत्ता तथा अलाउन्स्से बापत ५१ लाख ७९ हजार रुपैयाँ बुझेका छन् ।
उनले तलब भत्ता बाहेक कर्मचारी बोनस बापत ३१ लाख २१ हजार रुपैयाँ बुझेका छन् ।
अघिल्लो आर्थिक वर्षमा पन्तले कर्मचारी बोनस १३ लाख ७४ हजार रुपैयाँ बुझेका थिए । अघिल्लो वर्षमा उनको तलब सुविधा तथा बोनस सहित ६५ लाख १० हजार रुपैयाँ थियो ।
कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीले तलब भत्ता बापत एक करोड ५८ लाख रुपैयाँ बुझेका छन् ।
सञ्चालकहरुले संचालक समितिको बैठक भत्ता बापत १६ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै लेखापरीक्षण समितिको बैठक भत्ता बापत सञ्चालकहरुले २ लाख ६० हजार, दाबी भुक्तानी तथा पुनर्बीमा उप समिति बैठक भत्ता बापत २ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् । कर्मचारी सेवा सर्त व्यवस्थापन उपसमितिका पदाधिकारीले बैठक भत्ता बापत ६० हजार रुपैयाँ, लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता उपसमितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ४ लाख ८० हजार रुपैयाँ, सम्पत्ती शुद्धिकरण तथा आतंककारी क्रियाकलाप निवारण उपसमितिका पदाधिकारीहरुले ४० हजार र सूचना प्रविधि उपसमितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ३० हजार रुपैयाँ बुझेका छन् ।
प्रतिक्रिया