जीवन विकास लघुवित्तसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार ओरालो यात्रामै देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ । नेप्से १.१७ प्रतिशतले घटेको हो ।

नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९१४ कित्ता शेयर किनबेच हुँदा आज २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बरारबको कारोबार हुँदा आज सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । संस्थाको आज एकैदिन २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँको कारोबार भएको हो ।

यस्तै,अपि पावर कम्पनीको ९ करोड ३० लाख, हिमालयन डिस्टिलरीको ६ करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया