शेयर बजार ओरालो यात्रामै,कारोबार रकम पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार ओरालो यात्रामै देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ । नेप्से १.१७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०२ अंकले घटेर ४७४.३७ विन्दुमा पुगेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ । 

सोमबार जीवन विकास लघुवित्त वित्तीय संस्थाा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । संस्थाको २२ करोड २४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया