दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबा) पनि शेयर बजार राताम्मे देखिएको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो ।

सोमबार दोहोरो अंकले घटेको छ शेयर बजारमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयरमा सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्तका शेयरमूल्य १० प्रतिशत र इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । 

यस्तै,नेष्डो समृद्धि लघुवित्तको ६.१० प्रतिशत, न्यादी ग्रुप पावरको २.२९ प्रतिशत, आरबिबि म्युचुअल फण्डको २.१६ प्रतिशत, जीवन विकास लघुवित्तको २.०६ प्रतिशत र तारागाँउ रेजेन्सी होटलको २ प्रतिशतले बढेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया