काठमाडौं - प्राइम कमर्सियल बैंकले शेयरधनीलाई बोनस शेयर वितरणको लागि लाग्ने कर वापतको रकम बुझाउन सूचना प्रकाशित गरेको छ । कर रकम कति तिर्नुपर्छ भन्ने डाटाबेस पनि सूचना सार्वजनिक गरेसँगै बैंकले आफ्नो वेबसाइटमा अपलोड गरिसकेको छ ।
बैंकले कर दायित्व बाँकी रहेका शेयरधनीहरुलाई कर वापतको रकम बुझाउन आग्रह गरेको हो । सूचना अघि शेयरधनीले कर दायित्व बापत् कति रकम बुझाउनुपर्ने भन्ने विषयमा समेत अन्यौल थियो ।
बैंकको २०७८ पुस ६ गते सम्पन्न १४ औ वार्षिक साधारण सभाबाट आ.व. २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई १६५ बोनस शेयर पारित गरिएको तथा ०.६३१३५ नगद लाभांश विगतका आर्थिक वर्षहरूमा बोनस शेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको बैंकले जनाएको छ ।
प्राइमले हालै मात्रै कैलाश विकास बैंकलाई आफूमा गाभेका कारण बोनस शेयरमा कर छुट रहेको छ । प्राइम बैंकले गत वर्ष दिएको बोनस शेयर नेप्सेमा सूचीकरण भइसकेको छ ।

प्रतिक्रिया