ओस्कार २०२२ : श्रीमतीको मजाक उडापछि प्रस्तोतालाई मुक्का

३ बर्ष अगाडि

एजेन्सी - ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम प्रस्तोता क्रिस रकलाई मुक्का हानेका छन् । 

जानकारीका अनुसार कार्यक्रम प्रस्तोता क्रिस रकले विल स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेका थिए जसकारण विल स्मिथ असाध्यै रिसाए । उनी मञ्चमा गए र क्रिसलाई जोडदार तरिकाले मुक्का हाने ।

क्रिस रकले फिल्म जी।आई।जेनको विषयमा विल स्मिथकी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका थिए । उनले जेडाको तालुपनामाथि कमेन्ट गर्दै भनेका थिए, ‘जी.आई. जेन टुको प्रतीक्षा जेडाले गर्न सक्दिनन् किनभने फिल्ममा मुख्य नायिकाको लुक ‘बाल्ड’ थियो ।’

श्रीमतीको यसरी मजाक उडाएको विललाई मन परेन र उनले कार्यक्रम भइरहेकै बेला स्टेजमा गएर क्रिसलाई मुक्का हानेर आफ्नो रिस व्यक्त गरे ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया