काठमाडौं - एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड-१ ले आफ्ना इकाईधनीहरुले लगानी गरेको रकम फिर्ता गरेको छ । कम्पनीले उक्त रकम यहि चैत १३ बाट फिर्ता गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापनमा संचालित “एनआईबिएल समृद्धि फण्ड ९१” २०७८ पुस २२ मा परिपक्व भएको थियो ।
फण्डले फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने जानकारी गराएको छ ।
यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसार नै फिर्ता भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया