काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् ।
पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको बताइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा स्वीकृत भएपनि केहीको भने अझै बाँकी रहेको छ ।
कम्पनीबाट ठूलो संख्यामा कर्मचारीहरुले राजिनामा दिएपछि चैत्र ९ गते सार्वजनिक सूचना प्रकाशन गरेर कर्मचारी माग गरेको छ ।
कम्पनीले म्यानेजर एक जना, अफिसरसहित दर्जनभन्दा बढि कर्मचारीहरु माग गरिएको छ ।
प्रतिक्रिया