प्रभु बैैंकको संस्थापक शेयर विक्रीमा,८ लाख बढी कित्ता

४ बर्ष अगाडि

काठमाडौं, प्रभु बैैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

कम्पनीले गत माघ २७ गते संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको ८ लाख १६ हजार कित्ता संस्थापक शेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा उक्त कित्ताका लागि आवेदन नपरेकाले कम्पनीले पुनः सूचना प्रकाशन गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयर बाहेकका व्यक्ति तथा संघ संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया