सदन र सडकमा आन्दोलन गर्छौं: देउवा

७ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको बताए।

उनले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैली विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा भूमिका खेलेको आरोप लगाए।

‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन,  मलाई दु:ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने।

उनले सरकार कांग्रेसले गरेका सबै काम मेट्न लागेको बताए।

यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए। 

उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो।

 

७ बर्ष अगाडि

प्रतिक्रिया