पुनर्बीमा कम्पनीले बैंकहरुमा लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बैंकहरुमा लगानी गर्ने भएको छ । 

पुनर्बीमा कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो । यस्तो लगानी एक वा दुईवर्षे अवधिको हुने कम्पनीले जनाएको छ ।

ती बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशनसम्बन्धी फाराम भरी मिति कार्यालय समयभित्र गोल्प्य शिलबन्दी प्रस्ताव पेस गर्न कम्पनीले आह्वान गरेको छ। 


 

४ बर्ष अगाडि

प्रतिक्रिया