काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ ।
गत फागुन ३० गतेबाट कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
प्रतिक्रिया