काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसैले आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले आफ्नो ५५ औँ वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।
प्रतिक्रिया