आजबाट बिक्रीमा आयो गुडबिल फाइनान्सको ९३ हजार ४८९ कित्ता सेयर, बिक्री प्रबन्धक को ?

४ बर्ष अगाडि

काठमाडौं - गुडबिल फाइनान्स लिमिटेडको संस्थापक समूहको सेयर आजबाट बिक्रीमा आएको छ । कम्पनीले ९३ हजार ४८९ कित्ता सेयर बिक्रीमा आएको हो । 

यो लिलामी सेयरमा इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । 

बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम २५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादीस्थित हात्तीसारमा रहेको कार्यालयमा पेस गर्नुपर्नेछ । 

बोलपत्र पेस गर्ने अन्तिम मिति यही चैत २८ गते बैंकिङ समयसम्म तोकिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया