काठमाडौं - इक्रा नेपाल लिमिटेडले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको इक्राले जनाएको छ ।
प्रतिक्रिया