नेप्सेद्धारा अपि पावरको ३९.३६३ प्रतिशत हकप्रद समायोजन, आज कारोबार खुल्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको ३९.३६३ प्रतिशत हकप्रद समायोजन गरेको हो । समायोजपश्चात कम्पनीको मूल्य ३६३ रुपैयाँ २७ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको शेयर प्रतिकित्ता ४६६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया