नेष्डो समृद्ध लघुवित्तको आईपीओ आजबाट कारोबारमा आउने, ओपनिङ्ग रेन्ज कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आजबाट कारोबारमा आउने भएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार शेयर सूचीकृत भएको छ । इतबार संस्थाको २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख २८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख २१ हजार २५० कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम २६० रुपैयाँ ८४ पैसादेखि ७८२ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया