आइएमई लाइफद्धारा मृत्यु दाबी बापतको २० लाख ८० हजार रकम हस्तान्तरण

४ बर्ष अगाडि

काठमाडौं, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भैरहवा शाखाले मृत्यु दाबी बापतको २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

रुपेन्दही जिल्ला कोटहीमाई ६ निवासी बसन्ती देवीले कम्पनीमा धन सरिता जीवन बीमा गराएकी थिइन । बसन्तीको केही समय अगाडि कोरोनाको कारण मृत्यु भएको भएको थिए । उक्त चेक एरिया ब्रान्च म्यानेजर केशव राज गौतमले मृतकका श्रीमानलाई हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रममा शाखाका कर्मचारी एवं अभिकर्ता लगायत स्थानियको सहभागिता रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया