कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४औ शाखा कार्यालय स्थापना गरी आज चैत्र १३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया