काठमाडौं, निर्देशक एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ।
तमिल, तेलगुसँगै हिन्दीलगायतका विभिन्न भाषामा प्रदर्शनमा आएको फिल्मले पहिलो दिनको प्रदर्शनबाट विश्वभरबाट २ सय २७ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। फिल्मले शुक्रबारको प्रदर्शनबाट भारतको आन्द्रप्रदेश र अन्य तमिल राज्यमा मात्रै १२० करोड भारतीय रुपैयाँको व्यापार गरेको हो ।
त्यस्तै, भारत बाहिरको प्रदर्शनबाट फिल्मले करोडौंको आम्दानी गरेको छ। भारतीय सञ्चारमाध्यमकाअनुसार फिल्मले अन्य देशको प्रदर्शनबाट ७८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। त्यस्तै, भारतमा फिल्मको हिन्दी भर्जनले २५ करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ। भारतको कर्नाटक क्षेत्रमा १६.४८ करोड, तमिलनाडु क्षेत्रमा १२.७३ करोड र केरला क्षेत्रमा ४.३६ करोडको व्यापार फिल्मले गरेको छ।
करिब ५५० करोडको बजेटमा बनेको राजमौली निर्देशित ‘आरआरआर’ फिल्म लामो समयदेखि प्रतिक्षिारत फिल्म थियो। फिल्ममा दक्षिण भारतीय सुपरस्टार जुनियर एनटिआर र रामचरणसँगै बलिउड अभिनेता अजय देवगण र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन्।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले यसअघि राजमौलीकै फिल्म ‘बाहुबली’ले विश्वभरबाट बनाएको रेडर्क ७५ करोड भारतीय रुपैयाँ र ‘बाहुबली २’ले पहिलो दिन बनाएको २१७ करोड भरातीय रुपैयाँको रेकर्डलाई उछिनेको छ। सँगै फिल्म विश्वभर नै प्रदर्शनको पहिलो दिनमै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म बनेको छ।
प्रतिक्रिया