काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ४६६.९० रुपैयाँका आधारमा हकप्रद जारी पछिको शेयरमूल्य ३६३ रुपैयाँ २७ पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै भोलिदेखि कम्पनीको शेयरमूल्य खुल्नेछ ।
कम्पनीले चैत २५ गतेदेखि १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्न गर्दछ ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ। यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया