काठमाडौं- सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले म्यानेजर।डेपुटी म्यानेजर।असिस्टेन्ट म्योजनर (क्लेम),अफिसर।जुनियर अफिसर (क्लेम),अफिसर।जुनियर अफिसर (कस्टमर केयर) मा एक–एक जना कर्मचारी माग गरेको हो ।
यस्तै,उपत्यका भित्र र बाहिरहका लागि शाखा प्रबन्धक केही संख्यामा, असिस्टेन्ट म्यानेजर (मार्केटिङ)का लागि केही संख्यामा, सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ)का लागि केही संख्यामा र असिस्टेन्ट म्यानेजर (एचआर) डिपार्टमेन्टका लागि एक जना र लिगल डिपार्टमेन्टका लागि अफिसर एक जना कर्मचारीका लागि रोजगारीको अवसर खुलाएको हो ।
सो पदहरुको लागि कम्पनीले न्युनतम स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १६ गतेभित्र कम्पनीको वेबसाइट जततउकस्ररयलष्लिभ।https://online.sagarmathainsurance.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया