४१.४३ अंकले घटेर २५ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार रकममा भने वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) पनि शेयर बजारको ओरालो यात्रामा नै देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ । नेप्से १.५९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.५५ अंकले घटेर ४७९.३९ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको शेयर घटेको छ । नन लाइफ इन्स्योरेन्स उपसमूहको शेयर मात्र बढेको हो ।

अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस दिन मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.५० प्रतिशतले घटेर ३ सय ७८ रूपैयाँमा झरेको छ ।

बीमा समितिको पूँजी वृद्धिको निर्णयले आज बजारमा सकारात्मक माहोल देखिएला भन्ने लगानीकर्ताहरूको अपेक्षा थियो । तर लगानीकर्ताहरूको अपेक्षा अनुसारको रौनकता भने बजारमा देखिएन ।

४ बर्ष अगाडि

प्रतिक्रिया