नेप्सेमा एसिन लाइफ र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको झन्डै ६० लाख कित्ता सेयर सूचीकृत भएको छ । 

नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५९ लाख ३० हजार ४७०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

एसिन लाइफ
एसिन लाइफको ५२ लाख ९० हजार ७४२.७२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो 

सबैको लघुवित्त
सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस सेयर नेप्सेमा  सूचीकृत भएको छ । लघुवित्तले ३१.०५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया