२२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन भएको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो । 

यसका लागि चैत १५ गते राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्नेछ । ट्रेजरी बिलको बोलकबोल भोलि चैत १४ हुनेछ । 

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्व हुनेछ ।

यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्व हुनेछ ।त्यस्तै बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०७९ असोज ११ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ चैत १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया