अमेरिकन लाइफको बोनसदर सार्वजनिक, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम कति रुपैयाँसम्म ?

४ बर्ष अगाडि

काठमाडौँ-अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन ।

यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया