काठमाडौं - नेपाल बैंकले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारा बजारमा २१३औं शाखा संचालनमा ल्याएको छ ।
अर्थ सचिव एवं नेपाल बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
आलसम्म बैंकले २१३ शाखाहरु, १४७ एटिएम, ४९ वटा एक्टेन्सन काउन्टरका साथै बिभिन्न डिजिटल माध्यमहरु मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रतिक्रिया